‘पीआर’ प्रचारका लागि नेपाल आए नायक नायिका
मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’को प्रचारप्रसारमा निर्माण टिम जुटिरहेको छ । प्रचारकै लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका यस फिल्मका नायक नायिका समेत नेपाल फर्किएका छन् । एक साताअघि अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले फिल्मका नायक आर ए सुरज पौडेल र नायिका विनिता कार्कीलाई लिएर नेपाल फर्किएका हुन्।
नेपाल फर्किए लगत्तै उनीहरु अब फिल्म प्रचारप्रसारमा लाग्ने तयारीमा छन्। आइतबार साँझ अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका निर्देशक बस्नेतले फिल्मलाई थप उचाईमा पुर्याउनका लागि नायक नायिकालाई लिएर अष्ट्रेलियाबाट नेपाल फर्किएको बताए। उनले फिल्मका नायक सुरज पौडेल र नायिका विपिता कार्कीलाई नेपाल लिएर आएपछि अब थप प्रमोसनमा खटिने बताए। ‘फिल्मलाई दर्शकमाझ पुर्याउन कलाकारको पनि ठुलो हात हुन्छ,’ निर्देशक बस्नेतले भने, ‘अब नायक नायिकालाई नै लिएर नेपाल फर्किएको छु। अब व्यापक रुपमा लागिन्छ।’
निर्देशक बस्नेत एक साताअघि अष्ट्रेलिया लगायतका देशमा फिल्म रिलिजको समय मिलाउन,त्यसतर्फ लागेका थिए। फिल्मका नायक पौडेलले पनि फिल्मको प्रचारका लागि नेपाल आएको बताए। ‘फिल्मको कलाकार खोजि भइरहेको हामीले अष्ट्रेलियामा पनि सुनेका थियौँ,’ उनले भने, ‘त्यो खोजीले हामीलाई नेपालसम्म तानेको हो।’ यसै फिल्मकी नायिका कार्कीले पनि फिल्मको प्रचार र यहाँका दर्शकसँग भेटघाटका लागि नेपाल आएको बताईन्। उनको यो डेब्यु फिचर फिल्म हो। ‘फिल्मलाई लिएर निकै उत्साहित छु। अष्ट्रेलियामा भएको विशेष शोमा पनि दर्शकले असाध्यै मन पराइदिनु भएको थियो’, उनले खुशी हुँदै भनिन्,‘फिल्म रिलिजपछि नेपालका दर्शकले पनि मन पराइदिनुहुन्छ भन्नेमा विश्वास छ।’ उनका अनुसार सोमबारबाट नै निर्माण टिम फिल्मको थप प्रमोसनमा लाग्नेछ।
यो फिल्ममा समावेश गीत ‘टाटा बाई बाई’यति बेला चर्चामा छ। यो गीतले फिल्मको हाइप बढाइरहेको छ । फिल्ममा आर ए सुरज पौडेल र विनिता कार्कीका अलवा नीर शाह, गौरी मल्ल,राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।
यस फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
