‘पोई पर्यो काले’को शिर्ष गीतमा पूजा, आकाश, सौगात र श्रृष्टी

बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा भव्य सेट लगाएर चलचित्र ‘पोई पर्यो काले’को शिर्ष गीतको छायाँकन गरिएको छ ।
छायाँकनरत् गीतमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काइरहेका थिए । कोरियोग्राफर रामजी लामिछाने कलाकारलाई डान्स स्टेप सिकाउन व्यस्त देखिथ्ये । छायाँकन शिव ढकाल आकर्षक सेट र कलाकारलाई क्यामेरामा कैद गर्न तल्लिन रहेका थिए ।
छायाँकन गरिएको चलचित्रको शिर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ । नायिका पूजा शर्माले यो गीत चलचित्र भित्र एउटा पुजामा घन्किने गीत रहेको सुनाइन् । तर, चलचित्रमा उनले आफ्नो ‘पोई’ भने को हुन् भनेर खुलाउन चाहिनन् । नायक सौगात मल्लले पनि चलचित्रलाई कमेडी कथामा निर्माण भएको बताए । तर, चलचित्र हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायक आकाश श्रेष्ठले राम्रो कथा र राम्रो टिमका कारण छायांकन सकिएको पत्तो नै नभएको बताए । नायिका श्रृष्टी श्रेष्ठ चलचित्रमा पूजाको साथीको भूमिकामा छिन् । उनले, चलचित्रको पुरा अवधी आफू नदेखिएपनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरिन् ।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् । चलचित्रका निर्देशक राणा र प्रस्तुतकर्ता नेपाली कथावस्तु, टिम बलियो भएकाले ढुक्क छन् । यसैले दिल खोलेर लगानी गरेको किरण बताउँछन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal