‘पिताम्बर’मा कलाकारको बलियो लाइनअप, बजेट ५ करोड !
भदौबाट दोस्रो चरणको छायांकनको तयारी भइरहेको चलचित्र ‘पिताम्बर’को यतिवेला धमाधम वर्कसप चलिरहेको छ । काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा अहिले वर्कसप चलिरहेको निर्देशक कृषा चौलागाईले जानकारी दिइन् ।
‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय चलचित्र हो । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ । भदौ १ गतेबाट छायांकनमा जाने चलचित्रमा कलाकारको बलियो लाइनअप छ ।
चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, र बिशाल पहारीको अभिनय रहनेछ । चलचित्रको पहिलो चरणको छायांकन गत वर्षको फागुनमा नवलपरासीमा गरिएको थियो ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रको बजेट ५ करोड बताइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
