‘पिताम्बर’को ट्रेलर सार्वजनिक, नारीको अस्मिता रक्षाका लागि पिताम्बरको जन्म !
नयाँवर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलर एक्सनले भरिएको छ ।
अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको छ । चलचित्रको केन्द्रमा केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा रहेको बुझ्न सकिन्छ । बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश कलाकारलाई स्थान दिइएको छ । नारीको अस्मिता माथी प्रश्न उठ्दा पिताम्बरको जन्म भएको ट्रेलरले बताएको छ ।
कार्यक्रममा निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसर्मपण गरेको बताइन् । ‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं । टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौं’, उनले भनिन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराईलगायतका कलाकारको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
