प्रसंसा बटुल्दै ‘पिताम्बर’ ट्रेलर, वर्ल्ड वाईड ट्रेन्डिङमा
रिलिज लगत्तै चौतर्फी तारिफ भइरहेको चलचित्र ‘पिताम्बर’को ट्रेलर वर्ल्ड वाईड ट्रेन्डिङमा परेको छ । मंगलबार रिलिज गरिएको ट्रेलरले ठुलो क्यानभाषमा चलचित्र खिचिएको देखाएको छ ।
ईमोश्नल डाईलगबाट सुरु भए पनि ट्रेलर एक्सनले भरिपूर्ण छ । प्रोडक्सन भ्यालु उच्च देखिएको ट्रेलरमा समावेश प्रत्येक दृष्यको सेटअप बलियो छ । पाश्र्व संगीत र कलर करेक्सनमा निर्माण पक्षले बढीनै मेहनत गरेको प्रष्ट हुन्छ । चल्तिका स्टारहरुको लाइनअपले पनि चलचित्र प्रतिको आकर्षण बढाएको छ । एक्सन कोरियोग्राफीमा कम्प्रोमाइज्ड नगरिएको चलचित्रको ट्रेलरमा समावेश संवादहरु प्रभावशाली छन् ।
नयाँ वर्षको छेकोमा चैत २९ गते रिलिज हुने चलचित्रको ट्रेलर रिलिजको ३ घण्टा नपुग्दै मुभी सेक्सन यूट्यूबको ९ औं स्थानमा ट्रेन्डिङ परेको थियो । अहिले मुभी सेक्सनको तेस्रो नम्बरमा रहेको छ । हाल कोरियामा ८, मलेसियामा १२, अष्ट्रेलियामा १३, साउदीमा २२, जापानमा १०, कतारमा १२, पोर्चुगलमा १५ नम्बर र युएईमा टपटेनमा पर्न सफल भएको छ । सो समाचार तयार पार्दासम्म ११ लाख ७१ हजार भन्दा बढि भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । ट्रेलरप्रति देखिएको आकर्षणले घरेलु मात्र नभएर अन्तराष्ट्रिय वक्सअफिसमा पनि चलचित्रको बलियो प्रभाव रहने अनुमान गर्न सकिन्छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ । चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
