दर्शकले रुचाए ‘पिताम्बर’, सोमबार बढ्न सक्छ ब्यापार
चलचित्र ‘पिताम्बर’लाई दर्शकले रुचाएका छन् । एक्सन जनराको यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको ओपनिङ अपेक्षाकृत रुपमा आक्रामक नभए पनि दिउसोबाट पिकअप लिएको छ ।
शुक्रबार बिहानी शोमा उत्साहजनक दर्शक उपस्थिति नभएपनि वर्ड अफ माउथ बलियो हुँदा दिउसोबाट भने अधिकांश शोमा अकुपेन्सी राम्रो थियो । केही शो भने हाउसफूल थिए । शनिबार सार्वजनिक विदा परेका कारण पनि चलचित्रको व्यापार राम्रो थियो । शुक्रबार औसतमा ५० प्रतिशत अकुपेन्सी देखिएको थियो भने शनिबार ८० प्रतिशत अकुपेन्सी देखिएको छ । शनिबार अधिकांश शोहरु हाउसफूल थिए ।
आइतबार भने चलचित्रको व्यापार सामान्य देखिएको छ । यद्यपी सोमबार नयाँ वर्षको अवसरमा सार्वजनिक विदा भएकोले व्यापार बढ्न सक्नेछ । सोमबार बक्सअफिसमा कस्तो लहर देखिन्छ त्यसले यसको भविष्य निर्धारण गर्न सक्छ ।
कृषा चौलागाइृको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराईलगायतको अभिनय छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
