प्रेमराजा महतको ‘पीपल डाँडे साईली’ सार्वजनिक

लेन्सनेपाल २०७९ श्रावन ४
प्रेमराजा महतको ‘पीपल डाँडे साईली’ सार्वजनिक

प्रेमराजा महत र अस्मिता परियारको स्वर रहेको गीत ‘पीपल डाँडे साईली’ रिलिज गरिएको छ । लोक भाकाको गीतमा महतकै शब्द तथा संगीत रहेको छ ।

प्रेमराजा महत्त, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य रहेको गीतको भिडियोलाई दीपक नेपालीले निर्देशन गरेका हुन् ।

दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन र मौसम हिमालीको कोरियोग्राफी छ ।

ट्रि इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोलाई राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।