छोटो चलचित्र ‘फ्रेनीया’ को टीजर सार्वजनिक
अभिनेता तथा निर्माता सुवास थापाको मुख्य भूमिका रहेको छोटो चलचित्र ‘फ्रेनीया’को टीजर सार्वजनिक गरिएको छ । एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले यो चलचित्र फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् ।
एक चित्रकारको मनोवैज्ञानिक संघर्ष र सृजनाको विषयमा निर्माण गरिएको ‘फ्रेनीया’ २० मिनेट लामो छ । सुवास स्वयंको निर्देशन रहेको छोटो चलचित्रको निर्मातामा सुवास थापा, सुप्रिम बास्कोटा, नरेन्द्र साउद, हेमन्त न्यौपाने र बेजान फरामार्जी छन् भने सुवर्ण थापा र नारायण पुरी कार्यकारी निर्माता हुन् ।
बेजान फरामार्जीको छायाँकन रहेको छोटो चलचित्रलाई पेगासस इन्टरटेन्मेन्टले निर्माण गरेको हो । छोटो चलचित्रमा सुवास स्वयं मुख्य भूमिकामा छन् ।
कोही मेरो, तोरी लाहुरे, ब्रेकफेल, सरि ल, तथास्तु, बिर्खेलाई चिन्छस् लगायतका चलचित्रमा अभिनय गरेका थापाले पछिल्लो समय अमेरिकामा पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ जिन्दगानी, तिमी आफ्नो, कुल्चि हिँड्छन् फूललाई लगायतका म्युजिक भिडियो तथा केही छोटो चलचित्र र सीरीजमा अभिनय गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
