रोशनको ‘फुल झै कोमल तिमी’ सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ ४
रोशनको ‘फुल झै कोमल तिमी’ सार्वजनिक

‘फुल झै कोमल तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रोशन भट्टराईको शब्द, तारा प्रकाश लिम्बु र युमेशको संगीत र  आनन्द कार्कीको स्वर रहेको छ ।

यस्तै सार्वजनिक गीतको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र गीतकार भट्टराईले संयुक्त रुपमा निर्देशन गरेका छन् । नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको भिडियोमा राजु केसीको छांयाकन, निराजन केसीको सम्पादन र अशोक रोक्काको श्रृगार रहेको छ ।

गीतकार रोशन भट्टराई वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् ।