माओत्सेको निर्देशनमा ‘पेनसनपट्टा’ बन्ने

२०८१ जेष्ठ २८
माओत्सेको निर्देशनमा ‘पेनसनपट्टा’ बन्ने

निर्देशक तथा कलाकार माओत्से गुरुङको निर्देशनमा ‘पेनसनपट्टा’ नामको चलचित्र निर्माण हुने भएको छ ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । माओत्से गुरुङ फिल्म्सको तर्फबाट निर्माता डिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।

केही महिना अगाडि रिलिज भएको माओत्से निर्देशित चलचित्र ‘दयारानी’ले बक्सअफिसमा राम्रै कलेक्सन गरेको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका हुन् ।

Gaun Aayeko Bato