‘प्रेमा’को ‘फूल यो चुँडेर’ बोलको गीत सार्वजनिक

चलचित्र ‘प्रेमा’को ‘फूल यो चुँडेर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ ।
चलचित्रको सार्वजनिक गीतमा शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् । गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर अरुणले प्रेम पीडा व्यक्त गरेको देखाइएको छ ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेललगायतको अभिनय रहेको छ ।
आगामी चैत १७ मा रिलिज हुने चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो । निर्देशक भण्डारीले चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने जनाएका छन् ।
चलचित्र ‘प्रेमा’ विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत र महेश पौडेलको डीओपी छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal