‘प्रेमा’ले पाएन दर्शकको साथ

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमा’ले दर्शकको साथ पाउन सकेको छैन । शुक्रबारका बिहानी शोहरुमा चलचित्र हेर्न आउने दर्शक संख्या नगन्य छ । मल्टिप्लेक्समा औषत शो पाएको चलचित्रको अकुपेन्सी पनि निकै कम छ । अनलाइन बुकिङमा त चलचित्रको ब्यापार शुन्य जस्तै छ ।
गोविन्द सिंह भण्डारीको निर्देशनमा बनेको चलचित्रले सिंगल स्क्रिनमा पकड राख्ने अनुमान थियो । तर, यो चलचित्र हेर्न सिंगल स्कृनमा पनि खासै दर्शकहरु आएको देखिएन । अन्य कुनैपनि नेपाली चलचित्र प्रदर्शन नहुनुको फाइदा ‘प्रेमा’ले उठाउनु पर्ने हो । तर, यसको फाइदा पाँचौ हप्तामा चलिरहेको ‘छक्का पञ्जा’ले नै उठाएको छ ।
कमजोर पब्लिसिटीका कारण कतिपय दर्शकलाई यो चलचित्र प्रदर्शन हुँदैछ भन्ने थाहा समेत भएन । निर्माण पक्ष निम्तालु दर्शकले प्रिमियरमा गजब छ भनेकै भरमा चलचित्र हेर्न दर्शकहरु हलमा आउने भनेरै ढुक्क भई बसेको देखिन्छ । राम्रो चलचित्र निर्देशन गर्न सक्ने निर्देशकका रुपमा चिनिए पनि चलचित्र नचल्दा गोविन्द सिंह भण्डारीले त्यसको फाइदा लिन सकिरहेका छैनन् । प्रिमियरका निम्तालुहरुले गोबिन्दले यसअघिको चलचित्र ‘रणविर’ भन्दा पनि राम्रो चलचित्र बनाएको प्रतिक्रिया दिएका थिए ।
अरुण क्षेत्री, शुभेक्क्षा खड्का, सृष्टिका श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्रका कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal