‘पूर्ण बहादुरको सारङ्गी’लाई कथा चोरीको आरोप
बक्स अफिसमा सफलता हासिल गरिरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई कथा चोरीको आरोप लागेको छ । सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’सँग चलचित्रको कथा मिलेको उपन्यासकार डा. शिव शंकर बस्यालले दाबी गरेका छन् ।
उपन्यासका डा. बस्यालले चलचित्र हेरिसकेपछि शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै उपन्याससँग कथा मिलेको १० बुँदे आधार प्रस्तुत गरेका छन् । यो संयोग नभई नियोजित नै भएको भएको उनको दाबी छ । उनले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग चलचित्रको मूल कथा मिलेको देखिन्छ ।
यस्ता छन् उनले लगाएको आरोपलाई प्रमाणित गर्न दिएका १० आधारहरु:-
१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन्।
४. आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक पटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।
५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
६. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।
७. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
८. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
९. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
१०. रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।
उनले उल्लेखित प्रसङ्गहरु कथाका मूल प्रसङ्गहररु भएको बताएका छन् । उनले अघि लेखेका छन् – यस बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन् । केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन्। पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ , सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे। यो भन्दा अरु कथामा नौलो भेटिन ।
तसर्थ यो संयोग होइन,यो नियोजित हो । एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च । कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ ।
मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस । मेरो यही शुभकामना !!!
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
