लाखौंको टिकट आफै किनेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको स्वीकारोक्ति

नेपाली चलचित्रको इतिहासमै सर्वकालिन सफल चलचित्र हो ‘पूर्णबहादुरको सारङ्गी’ । नेपाली चलचित्रको इतिहासमै बक्स अफिसमा नयाँ किर्तिमान कायम गरेको चलचित्रले ४६ करोड ८० लाख ग्रस कमाइ गरेको छ । यो चलचित्र विकास बोर्डको तथ्यांक अनुसार चलचित्रले घरेलु बक्स अफिसमा गरेको व्यापार हो ।
बक्स अफिसमा इतिहास रचेको यही चलचित्रका निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेको खुलासा गरेका छन् । बार्षिक समिक्षात्मक रिपोर्टहरु सार्वजनिक हुन थालेपनि निर्माताले सनसनीपूर्ण खुलासा गरेका हुन् । निर्माता विनोद पौडेलले बिहीबार फेसबुकमार्फत १०–१२ लाखको टिकट आफैले किनेको स्वीकारेका छन् । उनले लेखेका छन्, ‘इन्द्रेको बाउ चन्द्रेले चलचित्र बनाए पनि २०–२५ लाखको त टिकट किन्नैपर्छ । १०–१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि ‘मार्केटिङ प्लान’ हो ।’
पछिल्लो समय निर्माताले आफै टिकट काटेर शो हाउसफूल भएको सन्देश दिने प्रयात्न गरिरहेका छन् । यद्यपी सार्वजनिक रुपमा भने विनोदले मात्र स्वीकारेका छन् । कतिपयले हलमा शो टिकाइराख्न त कतिपयले विदेशमा चलचित्र बेच्नका लागि यस्तो गर्ने गरेका छन् । बिनोदखले भने झै केहीले भने आफै टिकट किनेर हाउसफूलको भ्रममा रमाइरहेका छन् ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel