निर्माताको निर्णय वितरकद्वारा अस्वीकार, ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने
साउथ इण्डियन चलचित्र ‘पुष्पा २’ रिलिजसँगै केही हलहरुले आफ्नो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई अत्यन्त न्यूज शोज दिएको भन्दै असुन्तुष्ट निर्माण कम्पनी सेभेन सिजले सोमबार देखि प्रदर्शन रोक्ने निर्णय गरेपनि वितरकले अस्वीकार गरेका छन् ।
निर्माण कम्पनीले प्रेस रिलिज नै गरेर चलचित्रको प्रदर्शन रोक्ने जनाएपनि वितरक कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई निरन्तरता दिन हलहरूलाई पत्राचार गरेका छन् ।
निर्माता र वितरकबीच भएको प्रदर्शनसम्बन्धी सहमतिपत्रको दोस्रो नम्बर बुँदालाई आधार मान्दै वितरकले प्रदर्शनलाइृ निरन्तरता दिने भएका हुन् । उक्त बुँदामा निर्माण कम्पनीले नेपाली हलहरुमा रिलिज गरेको मितिबाट ६ महिनाको लागि चलचित्रको वितरण एवं प्रदर्शन गर्ने अधिकार वितरकमा निहित रहने उल्लेख छ । चलचित्र यही वर्षको कात्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । वितरकले यही बुँदाका आधारमा प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
चलचित्रले घरेलु बक्स अफिसमा सैबभन्दा बढी ब्यापार गर्ने नेपाली चलचित्रको इतिहास बनाएको छ । चलचित्रले हालसम्म घरेलु बक्स अफिसमा मात्र ४५ करोड माथिको रुपैयाँ ग्रस आम्दानी गरेको जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
