रुम्जाटारबाट शुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्रको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट छायाँकन सुरु गरिएको हो । चलचित्रको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए ।
कलाकारहरूको लाइनअप बलियो रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र सोसल–ड्रामा जनरामा बन्ने छ । गन्धर्व परिवारको कथामा आधारित रहने चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ । विनोद पौडेल र प्याट्रिक सुवेदी चलचित्रका निर्माता हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । निर्माण टिमले २०८२ सालभित्र विश्व बजारमा चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal