‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । चलचित्र ‘लाज’का लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् ।
‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतवश ‘पूर्णबहादुरको सारङ्गी’ले चोरी गरेको उजुरीमा उल्लेख छ । लामिछानेले उजुरीमा लेखेका छन् – उजुरीमा भनिएको छ, ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ । र, उक्त चलचित्रको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (चलचित्र निर्देशक)लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण चलचित्र निर्माण सम्बन्धमा छलफल गरिएको हो ।’
लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले चलचित्रका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् । लामिछानेले केही अगाडि सामाजिक सञ्जालमा पनि यस विषमा एक पोस्ट गरेका थिए । यस्तै ‘पूर्णबहादुरको सारङ्गी’माथि ‘सङ्ग्रामपुर’ उपन्यासका लेखक डा. शिव शंकर बस्यालले पनि कथा चोरीको आरोप लगाएका थिए । उनले उपन्याससँग चलचित्रको कथा मिलेको ९ बुँदे आधार नै प्रस्तुत गरेका थिए ।
Latest Updates
-
-
-
-
विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak