अभिनेता पल शाह बिरुद्ध करणीसम्बन्धी कसुरमा उजुरी
अभिनेता पल शाह बिरुद्ध करणीसम्बन्धी कसुरमा उजुरी परेको छ । १७ वर्षिय नाबालिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा मुद्दा दायर भएको हो ।
पल शाहले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती नाबालिकाले उजुरी दिएकी हुन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
केही दिन अघि नेपाल प्रेसले सार्वजनिक गरेको अडियो रेकर्डमा पलले ती नाबालिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । यद्यपी गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड भन्दै पन्छिन खोजेका छन् ।
उनी उजुरी दिन मंगलबार नै काठमाडौँबाट तनहुँतर्फ लागेकी थिइन् । तर, तनहुँ जिप्रकाले बुबाको पनि हस्ताक्षर चाहिन्छ भनेपछि बुधबार मात्रै जाहेरी दर्ता भएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
