उजुरी पछि पलसँग अन्र्तवार्ता : अहिले म पिडामा छु – पल शाह
अभिनेता पल शाहले आफुलाई योजनाबद्ध रुपमा फसाइएको प्रतिक्रिया दिएका छन् । नाबालिकाले उनी बिरुद्ध करणी सम्बन्धी कसुरमा जाहेरी दिएपछि पलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफु बिरुद्ध षड्यन्त्र भएको भन्दै फेसबुक मार्फत ६ वटा अडियो क्लिप सार्वजनिक गरेका शाहले एक युट्युब च्यानललाई बिहिबार बिहान दिएको अडियो अन्र्तवार्तामा आफ्नै साथीभाईले ति गायिकाको काँधमाथी बन्दुक राखेर आफु माथी पड्काउन कोसिस गरेको बताएका छन् ।
आफु दोषी ठहर भए कानुन बमोजिम सजाय भोग्न तयार रहेको जनाएका पलले मेचिकाली खबरका भोजराज थापालाई टेलिफोनमा अन्र्तवार्ता दिएका थिए । अहिले सार्वजनिक भएको दुई मिनेटमै भोजले पलसँग कराकानी गरेको उक्त अडियोमा (सुन्नुहोस् ४४ मिनेटबाट) उल्लेख छ । उनीहरुको बिचको कुराकानी यस्तो छ :
भोज : पलजी
पल : हजुर
भोज : नमस्ते
पल : नमस्ते हजुर
भोज : अहिले तपाई बिरुद्ध एक नाबालिकाले मुद्धा पनि दायर गर्नु भयो । बलात्कारको आरोप पनि लगाउनु भएको छ के भन्नु हुन्छ यो बिषयमा ?
पल : नेपालको कानुन अनुसार एकदमै गाह्रो रहेछ । कुनै पनि महिलाले मलाई रेप भाछ या मलाई यस्तो गर्नु भयो भनेर बोलेकै आधारमा यहाँ पकड्ने र उजुरी पर्ने अबस्था आउको रहेछ यहाँको नियम । पिडामा छोरी मान्छे मात्र हुन्न जहिले पनि, पिडामा पुरुष पनि हुन सक्छ । म चाँही पिडामा छु अहिले । पिडामा पारिएको छ अहिले । कति कुराहरु बिचमा मैले बोल्न नमिल्ने अबस्था थियो उसको जिन्दगीका लागि । उहाँलाई युज गरर सबैले काँधमाथी बन्दुक राखेर पड्काउन कोसिस गरियो म माथी । उहाँ पनि बच्चै हुनुहुन्छ । उहाँलाई आइडिया छैन भनेर मैले अरु सम्झाउने कोसिस् गरे । तिमीलाई युज गरिरहेका छन् यहाँ । यस्तो नभन यो राम्रो हैन, यो झुटो हो भन्दा भन्दै पनि उसले कहिले मान्ने, कहिले बुझ्ने कहिले नबुझ्ने । अनि मसँग भेट्दा खेरि म सर्ट टेम्पर छु, हाई टेम्पर छु सुन्दा बित्तिकै के के भन्छु, के के बोल्छु भन्नु हुन्थ्यो । सबले उकासेर यहाँसम्म पु¥याइदिए । अब यसमा गलत के, सही के तपाईहरुले छुट्टाइदिनु पर्छ । मैले अब त म बोल्न पर्ने अबस्था आयो ।
भोज : तपाईले भर्खर मात्र २ मिनेट अगाडी अडियो सार्वजनिक गर्नु भएको छ फेसबुक मार्फत । त्यो अडियोमा तपाईलाई फसाउन खोजिएको भान भइरहेको छ । आम सर्वसाधारणलाई त्यो महशुस हुन्छ । यो अहिडयो कतिबेलाको हो ?
पल : यो जुन पहिलो घट्नाको कार्यक्रम सुरु भयो । आज भन्दा ९–१० महिना अगाडी देखिकै प्लान रहेछ । मलाई त पछि मात्र थाहा भयो । उहाँहरुले यसरी प्लान गर्दै गर्दै मलाई म्यासेज गर्दै, कल गर्दै टर्चर दिदै ब्ल्याकमेल गर्दै गर्दै जानुभयो हैन । यस्तो कुराहरु उहाँहरुलाई पनि इफेक्ट पर्छ भनेर म सँग हुँदा पनि मैले कसैलाई नदिइकन मसँग सुरक्षित मसँग मात्र राखेर उहाँहरुको पनि फ्यामिली छ, वाइफ हुनुहुन्छ, छोरी हुनुहुन्छ भनेर उहाँको इज्जत पनि बेइजत नगरौं भनेर कसैलाई पनि हट नहुने गरि असर नगर्ने गरि सुरक्षित राखेको थिए । तर, अब सबैले दोषी मलाई देखाउनु भयो । रियालिटी यही नै हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
