विश्वभर एकसाथ रिलिज हुँदै ‘पशुपति प्रसाद २’

दशैंको फुलपातिको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ विश्वभर एकसाथ रिलिज हुने भएको छ । सोमबार टुकी आर्टस्ले एक विज्ञप्ती सार्वजनिक गर्दै चलचित्र फुलपातीमा नेपालसहित विश्वभरका धेरै देशमा रिलिज गर्ने कर्न्फम भएको उल्लेख गरिएको छ ।
चलचित्रको विदेश रिलिजको सम्पुर्ण जिम्मा सेभेन सिज प्रालीले लिएको छ । सार्वजनिक विज्ञप्ती अनुसार चलचित्र अमेरिकामा करिब १ हजारदेखि १२ सय शो, युकेमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, क्यानडामा १ सय ५० शो, मध्ये पूर्वका देशहरुमा करिब साढे ७ सय शो, जपानमा १ सय शो, युरोपका विभिन्न देशमा ५० शो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा रिलिज पक्का भइसकेको छ ।
चलचित्रका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले ‘पशुपति प्रसाद २ः भष्मे डन’ले नेपाली सिनेमाको अन्तराष्ट्रिय बजार बिस्तारमा ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनी भष्मे डनको यति ठुलो अन्तराष्ट्रिय रिलिजले नेपाली चलचित्र उद्योगलाई नै माथि उठान भुमिका खेल्ने बताउँछन् ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् ।
चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन र कृष्ण भारद्वाजको संगीत रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal