जापान, कतार र यूएईमा बिक्री भयो ‘परिवर्तन’
निर्देशक बिजय केरुङ निर्देशित चलचित्र ‘परिवर्तन’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन् । टिजर रिलिजसँगै कतार, यूएई र जापानको राइट्स विक्री भएको हो । कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको हो भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए ।
उनले अन्य देशका लागि समेत कुराकानी भइरहेको बताए । ‘अहिले तीन देशमा फिल्मको राइट्स विक्री भइसकेको छ । अन्य देशमा पनि कुराकानी भइरहेको छ । सायद केहि दिनमा नै यसबारेमा जानकारी दिनेछौं’ निर्माता सिवाकोटीले भने ।
निर्माण पक्षले केहि दिनअघि अर्थात छठ पर्वको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरेको थियो । देशमा भएको विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देशका बारेमा सोच्ने बेला भएको सन्देश दिएको छ ।
चलचित्रमा अभिनेता सुशिल श्रेष्ठलाई एक्सन हिरोको रुपमा देख्न सकिन्छ । टिजर रिलिज उनको चर्चा समेत चुलिन थालेको छ । निर्माता दीपक सिवाकोटी आफैले लेखेको चलचित्रमा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे,सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेको हुन् भने संगीत एस.डी. योगीको छ । श्री श्रेष्ठको एक्सन निर्देशन रहेको चलचित्रमा शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
