क्यारेक्टर लुक्स सहित ‘परिवर्तन’को पोस्टर सार्वजनिक
क्यारेक्टर लुक्ससहित चलचित्र ‘परिवर्तन’को पोस्टर सार्वजनिक गरिएको छ । बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ ।
दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रको पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ।
अञ्जना बराईली प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन्। उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ। त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ।
पोस्टरले विशेषगरी अञ्जना बराईलीलाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत दिएको छ। एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको चलचित्रको वास्तविक कथा भने टिजर, ट्रेलर र चलचित्र नै हेरेपछि मात्रै पत्ता लगाउन सकिने निर्माण पक्षको भनाइ छ।
विजय केरुङले निर्देशन गरेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन्। दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
चलचित्रका डिओपी शिव ढकाल हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ। चलचित्र आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
Latest Updates
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
-
अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
