‘परदेशी २’को ट्रेलर सार्वजनिक

दशैंको छेको पारेर आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ । प्रेम, विछोड, उमंग, द्धन्द्ध सबै पक्षको समीश्रण ट्रेलरमा पाइन्छ । गीतसंगीत पक्षलाई पनि ट्रेलरमा विशेष स्पेश दिइएको छ ।
‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ । अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ । ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यसपटक पनि सोही भूमिकामा छन् । दशैंको परिवेशलाई समेत चलचित्रले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ ।
राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दीलिपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।
रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो ।
Latest Updates
-
‘हत्यारा सरकार’ भन्दै सेलिब्रेटीहरुले गरे जेन–जी आन्दोलनमा प्रहरी दमनको भर्त्सना
-
राजेश हमाल भन्छन् – नेपाली भएकोमा यती लाज महसुस कहिल्यै गरेको थिइन्
-
‘नेपथ्य’का अमृत गुरुङ लेख्छन् – ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’
-
जेनजीको प्रदर्शनलाई कलाकारहरुको समर्थन, अनमोल भन्छन् ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन’
-
-
New Releases (Bhadra 20)
-
Reemai
Director : Khil Bahadur Gurung
Casts : Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang
Next Releases (Ashwin 3)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma