
आउँदो दशैंमा ‘परदेशी–२’

चलचित्र ‘परदेशी–२’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । यही वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सहित छायाँकन थालिएको भए पनि कोरोनाका कारण बिचैमा छायाँकन रोकिएको थियो । हालै मात्र चलचित्रको सम्पूर्ण छायाँकन सकिएको निर्माण टिमले जनाएको छ ।
नारायण रायमाझीको निर्देशन रहेको चलचित्रको छायाँकन सकिए लगत्तै प्रदर्शन मिति तय गरिएको हो । निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिनमा छायाँकन सकिएको जनाए । अमेरिका र भारतको विभिन्न स्थानसँगै पोखरा, पाल्पा, चितवन र काठमाडौंलगायतका स्थानमा चलचित्रको छायाँकन गरिएको जनाइएको छ ।
चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले जनाएका छन् । उनका अनुसार यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई चलचित्रमा देख्न पाइने छ ।
चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको अभिनय रहेको छ । लोकगायकका रुपमा चचर्चित प्रकाश सपुतले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् ।
चलचित्रलाई नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा रमेश विजीको कथा, मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Chaitra 27)
-
Lappan Chhappan 2
Director : Mukunda Bhatta
Casts : Saugat Malla, Arpan Thapa, Anoop Bikram Shahi, Shiva Shrestha, Gobinda Shahi -
Man Sanga Man
Director : Kailash Rai
Casts : Puspa Khadka, Barsha Shiwakoti, Buddhi Tamang -
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam