कार्तिक ३ प्रकाश सपुतको ‘परदेशी २’
चलचित्र ‘परदेशी २’ आगामी वर्षका दशैमा प्रदर्शन हुने भएको छ । शनिबार टिजर सार्वजनिक गर्दै आगामी वर्ष कात्तिक ३ गतेका लागि प्रदर्शन मिति घोषणा गरिएको छ ।
यसअघि यही वर्ष दशैं र फागुनमा चलचित्र प्रदर्शन हुने जनाइएको थियो । यद्यपी उक्त मितिमा चलचित्र रिलिज हुन सकेन । टिजरमा निर्देशन नारायण रायमाझीले सुझबुझका साथ उक्त मितिमा परदेशी आउन नसकेको र आगामी दशैमा आउने कुरालाई गजबसँग स्थापित गरिदिएका छन् ।
अमेरिका बस्ने सन्तान (प्रकाश सपूत)लाई स्वदेशमा रहेही आमाले परदेशी हरायो भन्छन्, दशैमा आउछु भनेर पनि आइनस, फागुनमा पनि आश देखाइस यसरी कहिले सम्म भाका सार्छस र बाबु भनि सोधेको प्रश्न आम दर्शकले निर्माण पक्षलाई सोधेकै प्रश्न हो । जवाफमा प्रकाशले परदेशी अझ राम्रो बनेर आगामी दशैमा आउने जनाउँछन् । उनले आफु जस्तै परदेशीहरुको कथा लिएर दशैमा पक्का आउने बाचा गरेका छन् । आमा छोरा बिचको सम्वादलाई चलचित्रको रिलिज स्थगित र नयाँ प्रदर्शन मितिको रुपमा प्रष्ट्याइएको छ ।
कात्तिक ४ गते फूलपातीबाट दशैं विदा सुरु हुने भएकाले ‘परदेशी २’को प्रदर्शन मिति कात्तिक ३ गतेलाई घोषणा गरिएको हो ।नारायण रायमाझी निर्देशित चलचित्रमा प्रकाश सपुत, रामा थपलिया, नीर शाह, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय छ ।
राजेश बंशल र नारायण रायमाझीले निर्माण गरेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
