नीताले ‘सुख दुःख’अघि ‘पार्वती’ बनाउने
अभिनेत्री नीता ढुंगानाले चलचित्र ‘सुख दुःख’ अघि अर्को चलचित्र ‘पार्वती’ बनाउने भएकी छिन । यसअघि ‘सुख दुःख’को घोषणा सँगै कलाकार तथा प्राबिधिक छनौटलाई तिब्रता दिएकी नीताले शनिबार भने चलचित्र ‘पार्वती’ निर्माणको घोषणा गरेकी हुन् ।
नीताले दुईवटा पोस्टर सार्वजनिक गर्दै माघ १ गतेलाई प्रदर्शन मिति समेत तोकेकी छिन । नीताकै निर्देशन रहने चलचित्रको सार्वजनिक पोस्टरमा उनी आफैं चित्रित छिन् । एउटामा उनी पहेँलो छातामुनि गम्भीर मुद्रामा घाँटीमा सिठी र पानीको बोतल झुन्ड्याएको अवस्थामा देखिएकी छन् । दोस्रो पोस्टरमा भने उनी हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन् । उनको हाउभाउ हेर्दा चलचित्रमा उनले ‘अटिजम’ भएको युवतीको भूमिकामा अभिनय गर्न लागेको हुनसक्ने देखिन्छ ।
नीताकै कथा रहेको चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीको रहने छ । कविर लाल र शाहिद लालले छायांकन गर्ने चलचित्रमा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना निर्माता रहेका छन् ।
निर्माण पक्षका अनुसार, ‘पार्वती’ हास्यसर सहितको भावनात्मक र सामाजिक सन्देश मिसिएको कथा हो । जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ । असोजबाट चलचित्रको छायाँकन थालिने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
