Mahajatra

काठमाडौंमा मुहूर्त गरेर मुस्ताङ हिड्यो ‘परस्त्री’

२०७८ फागुन २९
काठमाडौंमा मुहूर्त गरेर मुस्ताङ हिड्यो ‘परस्त्री’

चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो । काठमाडौंमा मुहूर्त गरेर चलचित्रको टिम आजै गीतको छायाँकनका लागि मुस्ताङ प्रस्थान गरेको छ ।

सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । लेखक तथा निर्माता दिपेन्द्र के खनालले सवैभन्दा पहिले गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौंमा चलचित्रको सिन खिच्ने गरी तयार भएको बताए । मुस्ताङमा १० दिनसम्म गीतको छायांकन गरिनेछ भने, बाँकी ३० दिन काठमाडौं छायांकन सेड्युल राखिएको छ ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने चलचित्रको शुभमुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्र आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

निर्देशक पाण्डेले आफु र आफ्नो टिमले लामो समयदेखि चलचित्रको प्रि–प्रोडक्सनको राम्रो तयारी गरेकाले पनि राम्रो चलचित्र बन्ने विश्वास व्यक्त गरेका छन् ।