Mansara

‘परस्त्री’ अब असार १५ मा

२०७९ फागुन १५
‘परस्त्री’ अब असार १५ मा

सुरज पाण्डेको डेब्यु निर्देशन रहेको चलचित्र ‘परस्त्री’को नयाँ रिलिज डेट तय गरिएको छ । यसअघि कार्तिक ६ हुँदै फागुन १९ मा प्रदर्शन गर्ने भनिए पनि उक्त मितिबाट पछाडी हटेको चलचित्र राष्ट्रिय धान दिवसको अवसर पारि आगामी वर्ष असार १५ गतेबाट प्रदर्शन हुनेछ ।

कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहने चलचित्र विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा आधारित छ । काठमाडौं र मुस्ताङमा छायांकन गरिएको चलचित्रलाई निरज पाण्डेले छायांकन गरेका हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेले लगानी रहेको छ । खनाल चलचित्रका लेखक समेत हुन् ।