जनकदीपको निर्देशनमा ‘पापी मान्छे ३’ बन्ने
सन् २००५ को सफल चलचित्र ‘पापी मान्छे’को तेस्रो श्रृंखला निर्माण गरिने भएको छ । ‘पापी मान्छे’को सिक्वेलका रुपमा सन् २००८ मा ‘पापी मान्छे २’ निर्माण भएको थियो । त्यसको १५ वर्ष पछि तेस्रो श्रृंखला निर्माण हन लागेको हो । यसअघिका दुई श्रृंखलालाई दिपक श्रेष्ठले निर्देशन गरेको भए पनि तेस्रो श्रृंखला भने जनकदीप पराजुलीले निर्देशन गर्ने भएका छन् ।
निर्देशक पराजुलीको जन्मदिनको अवसर पारी बुधबार एक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो । राजकुमार राइृकै निर्माण रहने चलचित्रको पोष्टरमा चिम्पान्जीलाई चित्रण गरिएको छ भने निर्देशक पराजुलीले साथमा चर्चित कलाकारको पनि अभिनय रहने जनाएका छन् । यसअघिका श्रृंखलामा बाँदर र कुकुरको पनि अभिनय रहेको थियो ।
निर्देशक पराजुलीले करिब ९ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । यसअघि उनले सन् २०१४ मा चलचित्र ‘प्रोड्युसर’को निर्देशन गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
