खगेन्द्रको ‘पानीफोटो’ प्रदर्शन
चलचित्र ‘पानीफोटो’ प्रदर्शनमा आएको छ । खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रको शुक्रबार बिहानको ब्यापार भने सन्तोषजनक छैन ।
खगेन्द्रले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । पन्ध्र वर्ष अगाडी बेपत्ता छोराको पर्खाइमा बसेका आमाबुबाको कथामा खगेन्द्रले सफल नाटक ‘पानीफोटो’ निर्देशन गरिसकेका छन् । नाटकले सफलता पाएपछि उनले ठुलोपर्दाको लागि सोहि कथामा चलचित्र बनाएका हुन् ।
काठमाडौँसँगै पश्चिम नेपालका बर्दिया, स्याङ्जा र रोल्पामा खिचिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ ।
दीपक बज्रचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
