‘पाँच पाण्डव’मा धुर्मुस र सुन्तली, बसन्तले निर्देशन गर्ने
‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पुनः एकसाथ ठूलो पर्दामा देखने भएका छन् । उनीहरुले वसन्त निरौलाको निर्देशन रहने चलचित्र ‘पाँच पाण्डव’मा काम गर्न लागेका हुन् ।
चलचित्र विकास बोर्डबाट लिइएको चलचित्र निर्माण इजाजतपत्रमा उनीहरुको नाम उल्लेख छ । गत चैत १७ गते चलचित्रले निर्माण इजाजत पाएको हो । काली रानी फिल्म्सले निर्माण गर्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ रहनेछन् । नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । यो चलचित्रमा धुर्मुसको मुख्य भूमिका रहेको थियो । कुञ्जनाले भने ५ वर्षपछिको कमब्याक गर्न लागेकी हुन् ।
धुर्मुस–सुन्तली सामाजिक कार्यमा सक्रिय भएपछि कलाकारितामा पातलिएका थिए । खासगरि २०७२ सालमा आएको विनाशकारी भूकम्प पछि उनीहरुले बिभिन्न वस्ती निर्माण गर्नुका साथै पछिल्लो समय चितवनमा क्रिकेट रंगशाला निर्माणको काम थलेका थिए । उनीहरुले रंगशाला निर्माण पूरा गर्न नसकेपछि भरतपुर महानगरले त्यसलाई टेकओभर गरिसकेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
