मृगौला प्रत्यारोपण गरेकी कलाकार पल्पसा डंगोललाई २ लाख सहयोग
मृगौला प्रत्यारोपण गरि स्वास्थ्य लाभ गरिरहेकी कलाकार पल्पसा डंगोललाई चलचित्रकर्मी कल्याणकारी कोषका तर्फबाट २ लाख प्रदान गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघकी सदस्य रहेकी डंगोललाई संघकै सिफासिरमा कोषले उक्त रकम सहयोग गरेको हो । डंगोलको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कोषकी संयोजक बसुन्धरा भुषालले बताएकी छिन । कोषकी संयोजक भुषालले डंगोलले कला क्षेत्रमा पुर्याएको योगदानको सम्मानका लागि उक्त रकम उपलब्ध गराएको बताएकी छिन ।
फागुन २५ गते शिक्षण अस्पताल महाराजगञ्जमा डंगोलको मृगौला प्रत्यारोपण गरिएको थियो । हाल अस्पतालमै स्वास्थ्य लाभ गरिरहेकी डंगोललाई सहयोग रकम उपलब्ध गराउन कोषकी संयोजक भुषाल सहित कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा, कोषका सदस्य बसन्त रिजाललगायत पुगेका थिए ।
चलचित्र बिकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याणकारी कोषमा हाल झण्डै ४ करोड रुपैयाँ मौजुदा रहेको समेत भुषालले जनाएकी छिन । सोही रकमबाट सम्बन्धित संस्थाको सिफारिसमा चलचित्रकर्मीलाई सहयोग प्रदान गर्ने गरिन्छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
