कार्तिक ७ मा तुलसी घिमिरेको ‘पहाड’

कार्तिक ७ गतेका लागि चलचित्र ‘पहाड’को प्रदर्शन मिति घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारेर सोमबार मोसन पोस्टर सार्वजनिक रिलिज मिति घोषणा गरिएको हो ।
कात्तिक १० गते छठ पर्वको विदा भएकोले भाइटीकाको भोलिपल्ट चलचित्र रिलिज गर्न लागेको देखिन्छ । चलचित्रले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाडी बस्ती र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेको निर्देशक तुलसी घिमिरेले बताएका छन् ।
निर्देशक घिमिरेको न्यारेसनमा तयार पारिएको मोसन पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रेनुनाथ योगी, अरुण क्षेत्री, पञ्चमी घिमिरे र अंकित खड्का क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही डेब्यु गरेकी हुन् ।
भाग्यरत्न फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ हुन् भने ओजश्वी केसी सह–निर्माता हुन् । चलचित्रमा प्रमोद प्रधानको छायाँकन र रञ्जित गजमेरको संगीत रहेको छ । एक गीतमा अभिनेता विपिन कार्कीले र्याप गाएका छन् ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak