‘न्याय’ शिर्षकमा चलचित्र ‘आउट लः दफा २१९’को र्याप प्रतियोगिता

चलचित्र ‘आउटलः दफा २१९’का तर्फबाट ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरिएको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्रको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।
प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक संजाल अकाउण्टमा पोष्ट गरिनेछ । सबैभन्दा बढी लाइक र भ्यूज प्राप्त गर्न प्रतिस्पर्धीनै उत्कृष्ट ठहरिने जनाइएको छ । उत्कृष्टलाई अकर्षक पुरस्कारको व्यवस्था गरिएको निर्माणपक्षले बताएको छ ।
फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ । चलचित्रको कथा ‘न्याय’मा आधारित भएकोले यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको चलचित्रका निर्माता अमित अग्रहरिले जनाएका छन् । विक्की महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता विनोद कठायत र सह–निर्माता विकास चौधरी हुन् ।
चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र फागुनको २९ गतेबाट प्रदर्शनमा आउने छ ।

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel