‘आउट ल’को विदेश प्रदर्शन अधिकार बिक्रि

अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको छ । विदेश अधिकारसँगै सहनिर्माताको रुपमा पनि यो कम्पनि जोडिएको चलचित्रका कार्यकारी निर्माता साहील खानले बताए ।
केहीदिन अगाडी सेभेज सिजको टिमले चलचित्र हेरपछि विदेश प्रदर्शन अधिकार खरिद गर्नुका साथै सहनिर्माताको रुपमा पनि जोडिएको हो । नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले चाँडै चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भैरहेको जानकारी दिए ।
रेट्रो ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको पनि अभिनय रहेको छ । एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रले कानुन नमान्ने पात्रको कथा भन्छ ।
अभिनेता सुशिल श्रेष्ठ यो चलचित्र आफ्नो करियरकै लागि महत्वपूर्ण रहेको बताउँछन् । आफ्नो करियरलाई कता लैजाने भन्ने पनि यो चलचित्रले निर्धारण गर्ने बुझाई अभिनेता श्रेष्ठको छ । शशांक खड्का, अमित अग्रहरी र बिनोद कठायतको लगानीमा निर्माण भएको चलचित्रलाई बिक्की महर्जनले निर्देशन गरेका हुन् ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi