अस्करका लागि चलचित्र आब्हान
९२ औं अस्कर अवार्डमा सहभागी हुन इच्छुक नेपाली चलचित्रलाई सहभागीताको लागि आब्हान गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति, नेपालले भाद्र १३ गते शुक्रबारसम्म चलचित्र दर्ताका लागि आब्हान गरेको हो ।

समितिका अध्यक्ष बिमल पौडेलद्वारा जारी बिज्ञप्तीमा प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र २०७५ असोज १५ गते देखि २०७६ साल भदौ १३ गते सम्म् सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
सन् २०२० फेब्रुअरी ९ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुने अवार्डमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धा गर्न पाउनेछ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा नेपाली चलचित्रलाई अस्करका समितिले सिफारिस गर्नेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
