ओमोडासँग ‘रावायण’को सहकार्य
चलचित्र ‘रावायण’ले बिभिन्न ब्राण्डसँग सहकार्य गर्ने क्रम जारी छ । केही समय अघि यति एयरलाइन्ससँग एयरलाइन्स पार्टनरका रुपमा जोडिएको चलचित्रले अब मोटर कम्पनी ओमोडासँग पनि सहकार्य गरेको छ । निर्माता तथा नायिका पूजा शर्मा र कम्पनीका प्रतिनिधिबिच हालै मात्र उक्त सम्झौता भएको हो ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्रको हाल छायाँकन भइरहेको छ । चलचित्रमा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, समीर मियाँको भीएफएक्स, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व छ । चलचित्रको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता सुदर्शन थापा र पूजा शर्मा हुन् । चलचित्र भदौ २१ गते तिजको दिन रिलिज हुँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
