शुरु भयो ‘नम्बरी सुन’को छायाँकन
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ । शुक्रबार चलचित्रको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो ।
नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने चलचित्रमा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।
चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन र देव महर्जनको द्धन्द्व निर्देशन रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
