छोटा चलचित्रको प्रतिष्पर्धा गर्दै एनएनटीभी
नेपाली लघु चलचित्रमार्फत् नयाँ चलचित्रकर्मीलाई प्रोत्साहित गर्न नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रमले लघु चलचित्रका माध्यमबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिएको छ ।
यस कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समुहले आफूले निर्माण गर्न चाहेको लघु चलचित्रको कथासार अनलाइनमार्फत पेश गर्नुपर्नेछ । www.nntvshorts.com मा प्राप्त ती कथासार छनोट भएमा नेपाल नेटवर्क टेलिभिजनले निर्माण अनुमति प्रदान गर्नेछ । अनुमति प्राप्त व्यक्ति वा समुहले सो प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
नेपालका सिद्धहस्त सिनेकर्मी सुनिल थापाका साथै पूजा शर्मा र दीपेन्द्र के खनाल निर्णायक रहेको यस प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको लघु चलचित्र निर्माण गर्नुपर्ने छ । नेपाल नेटवर्क टेलिभिजनले विहिवार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार प्रतिस्पर्धीले आउँदो साउन २० गतेभित्रमा लघु चलचित्रको कथासार दर्ता गराइसक्नुपर्ने छ । ती कथाहरु छनोट भएमा साउन २५ देखि भदौ २५ भित्रमा लघु चलचित्र निर्माण पूरा गर्नु पर्नेछ ।
छनोटमा परेका लघु चलचित्रहरुबारे निर्णायक मण्डलले भदौ २६ देखि मूल्यांकन गर्नेछन् । ती लघु चलचित्र असोज १ गतेदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रशारित लघु चलचित्रमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् । यसबाहेक उत्कृष्ट १० वटा चलचित्रलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र सहित उत्कृष्ट पाँच लघुचलचित्रकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने चलचित्रहरुमा तथा नेपाल नेटवर्क टेलिभिजबाट निर्माण हुने टेलिचलचित्रहरुमा प्राथामिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने बताइएको छ ।
प्रशारण तयारीमा रहेको नेपाल नेटवर्क टेलिभिजनले घोषणा गरेको यो कार्यक्रम नेपालको लघु् सिनेमा निर्माणको क्षेत्रमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
