स्वस्तिमा र निश्चललाई 'आदर्श जोडी' सम्मान

नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई 'आदर्श जोडी'को रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलमा आयोजित तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै स्वस्तिमा र निश्चललाई सम्मान गरिएको हो ।
श्रीमान-श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल बनेको जोडीलाई हरेक बर्ष सम्मानित गरिँदै आएको आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताईन् । सात बर्षदेखी हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखी 'सबैको लागि मनोरञ्जन र उत्सव' भन्ने उद्देश्यसहित गरिएको हो ।
तीज माईति मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए भने प्रमूख जिल्ला अधिकारी प्रेमराज जोशी बिशिष्ट अतिथी थिए । कार्यक्रमा बोल्दै मेयर महर्जनले यस प्रकारका कार्यक्रमहरुले नेपालको साँस्कृतिक महत्वलाई जोगाईराख्नेमा बिश्वास व्यक्त गरे ।
तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो । तीज माईती मेला श्रावण १८ गतेसम्म चल्ने बताईएको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal