जेष्ठ १९ गते ‘नीरफूल’ प्रदर्शन हुने
चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी बर्षको जेठ १९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
फूलमान बलको निर्देशन रहेको चलचित्रको प्रदर्शन मिति कोरोना महामारी अगाडी र पछाडी गरी पटक पटक स्थगित भएको थियो । अब घोषित मितिमै रिलिज हुने निर्देशक बलले बताए । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा भन्ने चलचित्रलाई काठमाडौं सँगै गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्यालीमा खिचिएको हो ।
सचिन घिमिरे र निर्देशक वलको लेखन रहेको चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्दि तामाङ, पुस्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानसराजलगायतको अभिनय छ । अभिनेत्री रेखा थापाले पनि अतिथि कलाकरको भूमिका निर्वाह गरेकी छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
