चलचित्र निर्जलाको शिर्ष गीत रिलिज
चलचित्र निर्जलाको शिर्ष गीत रिलिज गरिएको छ ।
सबैकी प्यारी निर्जला बोलको गीतमा नायिका शुभेच्छा थापाले नृत्य गरेकी छिन । मेलिना राईको स्वर रहेको गीतमा गीतमा बाबुल गिरीको संगीत र राम रुवालीको शब्द रहेको छ । गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन ।
ग्रामिण परिवेशमा आधारित रहेर निर्माण भएको चलचित्र राजु गिरिको निर्देशनमा बनेको हो । व्यवसायिक प्रकाशचन्द्र न्यौपानेले यसमा लगानी गरेका छन । चलचित्रको गीतसंगीत र प्रोमोबाट सकारात्मक प्रतिक्रिया मिलेको भन्दै न्यौपानेले दर्शकको मन जित्ने विश्वास समेत राखेका छन् ।
चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापालगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै अशोक खड्काको द्वन्द्, कमल राईको नृत्य र रवि कोइरालाको छायाँकन चलचित्रमा रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
