निरौला र थापालाई ‘चलचित्र सर्जक सम्मान’

निर्देशकद्वय मोहन निरौला र तीर्थ थापा सम्मानित भएका छन् । उनीहरुलाई चलचित्र निर्देशक समाजले सम्मान गरेको हो । शनिबार राजधानीमा आयोजित कार्यक्रमका बिच निरौला र थापालाई ‘चलचित्र सर्जक सम्मान २०७६’ बाट सम्मानित गरिएको हो ।
स्थानिय बिकाश तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आथित्यतामा भएको कार्यक्रममा समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपक खाँड, चलचित्र बिकास बोर्डका अध्यष केशब भट्टराई लगायतले निरौला र थापालाई फुलमाला, खादा सहित सम्मानपत्रले सम्मानित गरे ।
कार्यक्रमा यादब खरेल, नीर शाह, लक्ष्मी नाथ शर्मा, विश्व बस्नेत, कृष्ण मल्ल, देशभक्त खनाल, प्रदिप उपाध्याय लगायतका १२ चलचित्र निर्देशकहरुलाई सम्मान सहित आजिवन सदस्यता समेत प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल कलाकार संघका नवनिर्वाचित पदाधिकारीलाई समेत सम्मान गरिएको छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal