सञ्जय लीला भन्सालीको सँग काम गर्दै अभिनेत्री चाण्डक
अभिनेत्री निकिता चाण्डकले बलिउड डेब्यु गरेकी छिन । उनले गत फेब्रुअरीदेखि आफ्नो पहिलो भारतीय प्रोजेक्टमा काम गरिरहेको जनाएकी छिन । मंगलबार निकिताले सामाजिक सञ्जालबाट आफूले बलिउड निर्देशक सञ्जय लीला भन्सालीको एक प्रोजेक्टमा काम गरिरहेको जनाएकी छिन । उनले निर्देशक भन्सालीसँगको एक तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै लेखेकी छन्, ‘सञ्जय लीला भन्साली सरको दुनियाँको एउटा सानो हिस्सा बन्न पाएकोमा एकदमै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो प्रोजेक्ट योभन्दा राम्रो अरू हुन सक्दैन ।’
उनले निर्देशक भन्सालीसँग सहकार्य गरेको प्रोजेक्ट कुन हो भन्ने खुलाएकी छैनन् । यतिबेला भन्सालीले अभिनेताद्वय रणवीर कपूर, विक्की कौशल र अभिनेत्री आलिया भट्टलाई लिएर चलचित्र ‘लभ एन्ड वार’ बनाइरहेका छन् । निकिताले यसैमा अभिनय गरेको हुनसक्ने अनुमान गरिएको छ । अभिनेत्री मनिषा कोइरालापछि भन्सालीसँग काम गर्ने निकिता दोस्रो नेपाली कलाकार हुन् ।
मिस नेपाल विजेता निकिताले चलचित्र ‘साङ्लो’बाट अभिनय करिअर सुरू गरेकी हुन् । यतिबेला उनी अभिनित चलचित्र ‘राजागंज’ गत बिहीबारदेखि प्रदर्शनरत छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
