नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २ देखि
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण घोषणा गरिएको छ । महोत्सव आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने बुधबार आयोजित घोषणा कार्यक्रममा जनाइएको छ । उक्त कार्यक्रममा महोत्सवमा प्रदर्शन हुने चलचित्रको सुचि, निर्णायक लगायतबारे जानकारी गराइयो ।
महोत्सवमा ३५ देशका ९५ चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रलाई सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । महोत्सवमा ५५ देशका ५०० भन्दा बढी चलचित्रले आवेदन दिएको पनि जनाइएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा अतिथिहरु नीर शाह, नवराज केसी, गौरी मल्ल, ऋषि धमला, दीपाश्री निरौला, निर्मल शर्मा, प्रसंसा पाण्डे, रेजीना उप्रेती, सरिता गिरी, गोविन्द गौतम र इन्द्र बलामी रहेका थिए ।
यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्रलाई हलमा पनि प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको सम्झौता अनुसार काठमाडौंका छाँया सेन्टर र सिभिल मल, ललितपुरको लविङ मल र भक्तपुरको क्यूएफएक्स् हलमा प्रतिस्पर्धाी चलचित्र प्रदर्शन हुनेछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
