मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
चलचित्र विकास बोर्डले मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार आयोजना गर्ने अध्यक्ष डीसीले जनाएका छन् । बुधबार बोर्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डिसीले राष्ट्रिय चलचित्र पुरस्कार २०८० को आयोजना बारे जानकारी दिएका हुन् ।
बोर्ड अध्यक्ष बनेपछि छोटो समयमा नै बिभिन्न कामहरु गरेर प्रसंसा पाइरहेका डिसीले अब ड्रोन सञ्चालन तथा प्रयोगको लाइसेन्स बोर्डबाट प्रदान गरिने एकद्वार नीति बनाउन लागिएको पनि जनाएका छन् ।
नेपाली चलचित्रको प्रवद्र्धनमा राज्यको भूमिका महशुस गरेका डिसीले प्रचारका लागि सरकारी सञ्चार माध्यमहरु रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र गोरखापत्रमा निशुल्क रुपमा कन्टेन्ट र कार्यक्रम प्रकाशन र प्रसारणको व्यवस्था गर्न लागिएको समेत बताएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
