‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव माघको अन्तिम साता हुने छ । ३ दिने महोत्सवको स्थान र मिति भने सार्वजनिक गरिएको छैन ।
पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएका अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी हुनेछन् । ति चलचित्रहरु अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने जनाइएको छ ।
प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने बिषयमा वर्कशप तथा मास्टर क्लास हुने, चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरक्र्रिया हुने र उत्कृस्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने समेत अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।
कार्यक्रम गरिने क्षेत्रको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाईएको छ । नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष सापकोटाले बताए ।
यस किसिमका महोत्सव तथा चलचित्रसंग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबीच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकमा छ ।
त्यस्तै, राजधानीबाट थुप्रै चलचित्रकर्मी तथा कलाकारहरु गाउँ गएर बस्दा, त्यहाँको गतिविधिको प्रचार गर्दा आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने समेत आयोजकको विश्वास छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
