दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ जेठ २५ देखि बनेपामा
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा चलचित्रहरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।
नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा दर्ता खुल्ला गरिएको थियो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु चलचित्र, डकुमेन्ट्री तथा भाषाभाषीका चलचित्रहरु स्क्रिनिङ हुनेछन् । महोत्सवमा स्क्रिनिङ हुने चलचित्रमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य हो ।
चलचित्र विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
