Modibeni
Numbari Sun

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा हुने

२०८० चैत्र १५
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा हुने

सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) बैशाख ६ गते देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो ।

प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर चलचित्र, छोटा चलचित्र, डकुमेन्ट्री र कल्चर चलचित्रहरु प्रदर्शन गरिनेछ । साथै नेपाली चलचित्र पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न सम्वाद कार्यक्रमहरु पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् । मगरले आफ्नै गृह जिल्ला यस्तो महोत्सव गर्न पाँउदा खुसी लागेको बताए । 

महोत्सवमा करिव २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरु संग गाउँले दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला चलचित्र घर छैन । चलचित्र हेर्न रुचि राख्ने दर्शकहरुलाई महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ । महोत्सवमा करिब ३ हजार दर्शकको सहभागीता गराउने लक्ष्य आयोजकले लिएको छ । 

Gharjwai