ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण बैशाखमा
नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने महोत्सवको उद्धेश्य रहेको जानकारी महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले दिए । सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने छ । महोत्सवको लागी चलचित्र दर्ता आव्हान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रहरुलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको अध्यक्ष सापकोटाले जनाएका छन् । गत बर्ष गोरखा जिल्लाको लाप्राकमा सम्पन्न महोत्सवको दोस्रो संस्करण कहाँ हुने भने अझै तय नभएको जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
